१० कार्तिक २०८१, शनिबार 1729987691
राजनीति

पाँच वर्षमा जनतासँग गरेका प्रत्बिद्धता पूरा गर्छु : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । शनिबार गृहजिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

सुर्खेतको पूर्वीक्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको उनको भनाइ छ ।

उनले भने, ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन् । जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए ।

Tags :