७ मंसिर २०८१, शुक्रबार 1732316185
Banner

शुक्रबारदेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठक आज सकिने

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बिहीबार बस्दै छ।

बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुने र आजै टुंग्याउने तयारी रहेको जनाइएको छ ।

शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो। त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ।

कांग्रेस, माओवादी केन्द्रले कतिपय ठाउँमा हामीलाई नै चाहिन्छ भन्नेजस्तो पनि गरे। त्यसो हुँदा उम्मेदवारी नै हाम्रो कम भयो। गठबन्धन भएका ठाउँमा गठबन्धन गर्ने, नभएका ठाउँमा उम्मेदवारी दिन सकेको भए मत बढ्थ्यो भन्ने धारणा अघिल्लो सचिवालय बैठकमा उठेको थियो ।

त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन्। यसबारे पनि निर्णय हुने छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए। मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको पनि खतिवडाले बताए।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय छ।