१० कार्तिक २०८१, शनिबार 1729995697
Banner

गठबन्धन फुटाउने खेल भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कम्युनिष्टको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने हुन सक्ने बताए ।

उनले भने,‘घुमिफिरी शत्रु भनेको काँग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोडन खोज्ने अनेक षडयन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन रु यहाँ कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन । यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरु र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरु, उसका आफ्नै सीमाहरु बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुटनु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौं ।’

Tags :