११ कार्तिक २०८१, आइतबार 1730024371
राजनीति

कम्युनिष्टहरूलाई एक ठाउँ ल्याउन हरेस खानु हुँदैन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए।

कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए।