१० कार्तिक २०८१, शनिबार 1729995118
Banner

एमालेलको गण्डकी बाहेक अन्य प्रदेशको अधिवेशनको मिति तय

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशबाहेक अन्यको अधिवेशनको मिति तय गरेको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार गण्डकी प्रदेशको बैठक बस्न बाँकी र मिति तोक्न बाँकी भएकाल सो प्रदेशबाहेक अन्य प्रदेशको अधिवेशनका लागि मिति तय भएको हो ।

कोशी प्रदेशको अधिवेशन १२–१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५–६ असोज र बागमती प्रदेशले ८(९ असोजमा अधिवेशन गर्ने भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६–१७ भदौमा लुम्बिनी, २९–३० भदौमा कर्णाली र २२–२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।

Tags :