११ कार्तिक २०८१, आइतबार 1730053405
राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने छ ।

‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका जनाइएको छ । हिजो करिब १८ जनाले आफ्ना कुरा राखे ।

आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने तयारी रहेको छ । पोलिट्ब्युरोसम्मै यसरी छलफल गर्ने र त्यसै आधारमा प्रस्ताव बनाएर केन्द्रीय कमिटीमा लैजाने नेकपा एसको तयारी छ ।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे विषयमै केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका थिए । त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको छ ।

‘अध्यक्ष, महासचिवबाट माघभित्रै महाधिवेशन गर्न सकिनेगरी प्रस्ताव आएको छ। स्थायी कमिटी सदस्यहरूले पनि यथाशीघ्र महाधिवेशन गर्नुपर्ने आवाज उठाएका छन्। त्यस्तै राजनीतिक कार्यदिशा र समाजवादी आन्दोलनमा पार्टीको प्रष्ट दृष्टिकोण तय गरेर जानुपर्ने कुरा उठेको छ।

एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसमध्ये नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडेर गइसकेका छन्।