१० कार्तिक २०८१, शनिबार 1729995513
Banner

वाद प्रतिवादमार्फत् पार्टी एकढिक्का भएको छ : दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

केही दिनयता जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आइतबार यस्तो बताएका हुन् ।
नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए ।

‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उनले भने, ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’

उनले अघि भने, ‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’

यस्तै, उनले वाद प्रतिवाद र संवादमार्फत् पार्टी एकढिक्का र एकतावद्ध भएको उनको भनाइ छ ।

Tags :