११ कार्तिक २०८१, आइतबार 1730045229
Banner

कांग्रेस संसदीय दलको बैठक : छानीछानी कांग्रेस नेतालाई धरपकड गरेको भन्दै आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र धरपकड गरिरहेको भन्दै असन्तुष्ट प्रकट भएको छ ।

संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।

राणाले भने, ‘हाम्रो पार्टी सरकारमा छ । तर, हामी सरकारमा भइरहँदा हाम्रा नेताहरूलाई मात्र किन टार्गेट गरिएको छ ।

पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातिएको छ । जबकी कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ ।’

यस्तै, दलको बैठकमा लगातार कांग्रेस नेताहरूलाई लक्षित गरेर धरपकड गरिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् ।

Tags :