११ कार्तिक २०८१, आइतबार 1730017107
Banner

एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भयो : महरापुत्र राहुल

काठमाडौं । पटक–पटक सुन तस्करीसँग सम्पर्कमा रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।

महरापुत्र र सुन तस्करीबीच पटक–पटक सम्पर्क भएको भनी चौतर्फी आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।

साथै सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यम बाट एकोहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ ।’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।’