१० कार्तिक २०८१, शनिबार 1729995008
पर्यटन

सर्वोच्च शिखर सगरमाथा ८८४८.८६ मिसहित अन्य हिमाल आरोहण शुल्क वृद्धि तयारी

काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा ८८४८.८६ मि सहित अन्य हिमाल आरोहण शुल्क वृद्धि गर्ने भएको छ ।

पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।

विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ ।

यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ ।

योसँगै हाल कायम पर्वतारोहण शुल्कसमेत केही परिमार्जन गर्ने तयारी छ ।

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ ।

Tags :