१० कार्तिक २०८१, शनिबार 1729981056
Banner

ललिता निवासमा बाहिरबाट गेम प्ले भइरहेको हुनसक्ने प्रधानमन्त्रीको आशंका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको सुनाएका हुन् ।

ललिता निवासमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफायलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको प्रचण्डको भनाइ छ ।

‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौं । अस्ति सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो । अहिले अदालतको आदेशपछि मन्त्री(प्रधानमन्त्रीले काम गर्ने र नगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका(न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो । यस्तो हुँदा कार्यकारीले कसरी फंक्सन गर्ने ?’

Tags :