११ कार्तिक २०८१, आइतबार 1730016228
Banner

नक्कली भुटानी शरणार्थी अनुसन्धानमा संलग्न टोलीकै सरुवाको तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्नै मापदण्ड विपरीत नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न टोलीलाई नै सरुवा गर्न प्रस्ताव गरेको छ।

राजनीतिक दवावमा सो प्रकरणमा संलग्न काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरुलाई सरुवाको प्रस्ताव गरिएको हो ।

उनीहरुले सो प्रकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एक स्रोतका अनुसार दुवै कार्यालयका प्रमुखको सरुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ ।

सो प्रस्तावमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहको नाम उल्लेख छ ।

यसअघि प्रहरी प्रधान कार्यालयले बनाएको सरुवा मापदण्डमा कार्यालय प्रमुखलाई कम्तिमा एक वर्षसम्म सरुवा नगरिने व्यवस्था गरिएको छ। सरुवाका लागि प्रस्ताव गरिएको प्रहरी अधिकृत आएको आठ महीना मात्रै भएको छ।

एसएसपीद्वय कार्की र केसीले नक्कली भुटानी शरणार्थी प्ररकणको अनुसन्धान अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केसी नेतृत्वमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएको थियो।

Tags :