२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:03 pm
Banner

सदनको अवरोध खुलाउन सभामुखले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु छलफल गर्दै

सूचना प्रेस २०८० भदौ ३ आइतबार ००:००, ०९:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले शिर्ष नेताहरुसँग छलफल गर्दैछन् । बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेलाई बोलाईएको छ ।