११ कार्तिक २०८१, आइतबार 1730053249
खेलकुद

नेपाली क्रिकेट टिम पाकिस्तान प्रस्थान गर्दै

काठमाडौं । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपको १६ औँ संस्करणमा सहभागिताका लागि नेपाली क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गर्ने भएको छ ।

नेपाल प्रतियोगिताको अन्तिम तयारीका लागि आज पाकिस्तान प्रस्थान गर्न लागेको हो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले बलिया टेस्ट राष्ट्रहरुको सहभागिता रहने भएकाले एसिया कपका लागि नेपाली टोलीले राम्रो तयारी गर्नुपर्ने बताए ।

खासगरी आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता र एसीसी इमर्जिङ टिम्स एसिया कपमार्फत नेपाली खेलाडीले अनुभव बटुल्ने गतिलो अवसर पाएको उनको भनाइ छ ।

Tags :