९ मंसिर २०८१, आइतबार 1732435747
Banner

मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि दिन अधिकांश मन्त्री पुगे क्वाटरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।

यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मन्त्री किरातीका बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।