१० कार्तिक २०८१, शनिबार 1729995653
राजनीति

प्रतिनिधिसभा संसदीय समिति सभापतिका लागि राप्रपाले सत्तापक्षसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिका लागि छलफल गर्ने भएको छ ।
शनिवार दिउँसो सिंहदरबारमा बसेको राप्रपाको संसदीय दलको बैठकले आइतबार हुने समिति सभापति चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिनेबारे केही निर्णय नगरी सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेको धारणा बुझ्नेगरी बैठक स्थगित गरेको छ ।

बैठकमा १० वटा विषयगत समितिमध्ये कम्तिमा एउटा मात्रै भएपनि समिति सभापति पाउनुपर्नेमा छलफल भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै संसदीय समिति सभापति भागबण्डा गरेकाले राप्रपाले ती दलसँग सभापति पाउनका लागि छलफल गर्न लागेको हो । त्यसका लागि सांसद तामाङलाई जिम्मेवारी दिइएको हो ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच संसदीय समिति सभापतिको भागबण्डा हुँदा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने, एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले एक–एक समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ ।

त्यसमा राप्रपाले पनि भाग भाग खोजेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने सभापति निर्वाचन प्रक्रियामा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ ।

Tags :