११ कार्तिक २०८१, आइतबार 1730059753
Banner

एमाले नेता चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता

काठमाडौँ-नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुनः काठमाडौँ फर्किएको छ । जहाजमा प्राविधिक समस्या आएकाले पुनः काठमाडौँ फर्किएको हो ।

सचिवालय बैठकका लागि नेताहरु जनकपुर हुँदै सिराहा जान लाग्नुभएको थियो । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता हुनुहुन्थ्यो । 

काठमाडौँबाट अर्को जहाज चढेर पुनः जनकपुर जाने तयारी भइरहेको उपाध्यक्ष नेम्वाङले बताउनुभयो ।