८ मंसिर २०८१, शनिबार 1732374506
समाचार

शंकर पोखरेलको नेतृत्वमा एमालेका २२ नेताहरू आज चीन जाँदै

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् ।

१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् । 

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए । 

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए । 

भ्रमण टोलीका सदस्यहरू :
– शंकर पोखरेल, महासचिव 
– डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख 
– राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
– ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य  
– रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य  
– टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ  
– सहदेव बोगटी, केन्द्रीय सदस्य 
– निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
– मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका 
– अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
– रचना खड्का, केन्द्रीय सदस्य
– भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
– मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य
– कपिलदेव पोखरेल, केन्द्रीय सदस्य  
– लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
– पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
– क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल 
– समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
– गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
– हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय 
– राजेश राई
– सरोजकुमार रेग्मी