११ कार्तिक २०८१, आइतबार 1730016423
प्रदेश

कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शन

काठमाडौं । ललितपुको जावलाखेलमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भएको छ ।

आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।

उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी मान्‍दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनः नामकरण गर लगायतका नारा ब्‍यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

Tags :