८ मंसिर २०८१, शनिबार 1732384963
Banner

कोशीमा एमाले–कांग्रेसको संयुक्त सरकार नबने राप्रपाले उचित निर्णय लिनसक्छ : लिङ्दने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

Tags :