काठमाडौं । प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्।
साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले सो विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएको थियो ।
विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।