९ मंसिर २०८१, आइतबार 1732470914
Banner

पार्टीबाट जनता टाढिँदै जाँदा पनि नेता पार्टी कब्जामै छन् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीबाट जनता टाढिँदै जान थालेको टिप्पणी गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो लिखित धारणा प्रस्तुत उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टी कब्जाको होडमा हामी छौंस तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुप डेलिभर नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आमअसन्तुष्टि र निराशा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ ।’

नेता केसीले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पनि शिथिलता देखिएको भन्दै यसले दण्डहीनता र जनतामा आक्रोश बढाएको पनि बताए ।

‘भ्रष्टाचार छानबिनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएकोले जनस्तरमा थप आक्रोश बढाएको छ’ उनले भने, ‘सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।’