८ मंसिर २०८१, शनिबार 1732415905
Banner

आन्दोलनरत अभियान्ता ईंको स्वास्थ्यप्रति गम्भीर बन्न मानवअधिकारको सुझाव

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेपछि बुधबार आयोगले विज्ञप्ति जारी गर्दै अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न र वार्तामार्फत यथाधीघ्र समस्याको निकास निकाल्न सुझाव दिएको हो ।
विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।