१० कार्तिक २०८१, शनिबार 1729952367
पालिका

तारकेश्वर नगरपालिकाले माग्यो ठुलो संख्यामा करार सेवामा नगरप्रहरी

काठमाडौं । तारकेश्वर नगरपालिकाले करार सेवामा नगरप्रहरी माग गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा २० जना नगरप्रहरी माग गरेको हो ।

नगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरी निरिक्षक १ जना, नगर प्रहरी अ.स.ई ३ जना, नगर प्रहरी हवल्दार ३ जना, नगर प्रहरी जवान १३ जना गरी २० जना कर्मचारी माग गरेको नगरपालिकाले जनाएको छ । नगर प्रहरी निरिक्षकका लागि एक हजार, अन्य पदका लागि ५००/५०० गरी राजश्व तिरेको रसिदसहित कार्यालयको प्रशासन शाखामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन मितिले १५ दिनभित्रमा आवश्यक कागजात सहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।