१० कार्तिक २०८१, शनिबार 1729945503
समाचार

देवघाटमा नुहाउने क्रममा दुईजना बेपत्ता

काठमाडौं । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

आज बिहान नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतीय नागरिक १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोकका पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए ।

नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।