१० कार्तिक २०८१, शनिबार 1729958944
Banner

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरस्थित जुम्लारोडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ। वीरेन्द्रनगर स्थित यरिचोक–मुलपानी खण्डको गौतम चौक नजिकै मोटरसाइकलले बालकलाई ठक्कर ठक्कर दिएको हो।

दैलेख आठविस नगरपालिकाको वडा नं. ६ खिड्कीज्यूला स्थायी घर भएका ६ वर्षीय टेकदर्शन पुरीको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको लागि कर्णाली कियर अस्पतालमा पुर्‍याएको र डाक्टरहरुले मृत्यु भइसकेको बताएको मृतकका मामा जीवन गिरीले बताए।

दुर्घटना लगत्तै मोटरसाइकल चालक फरार भएका छन्। मोटरसाइकल नम्बर नखुलेको तर हुलिया देखिएकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ। आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन्।