९ कार्तिक २०८१, शुक्रबार 1729908823
अर्थ

घट्यो सेयरबजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ११।०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको छ ।

सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९।२४ अंकले वृद्धि भएको थियो ।

तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०.५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ ।

होटल तथा पर्यटन उपसूचक १।१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०।८४ प्रतिशतले गिरावट भएको छ ।