९ मंसिर २०८१, आइतबार 1732435955
समाचार

युरोप संयोजकमा चिन्तामणी सापकोटाको चर्चा बढ्दै

काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि यही असोज ३० गतेदेखि हुन गइरहेको एनआरएनएको ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधिहरु नेपाल आउनेक्रम धमाधम शुरु भईरहेको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ । नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बीच प्रतिस्पर्धा हुँदैछ ।

ूसबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” सहित चिन्तामणी सापकोटा चुनावी मैदानमा होमिएका छन्।

हाल युरोप संयोजक भूमिका निर्वाह गर्दै आएका सापकोटा युरोपका सम्भावना बोकेका एनआरएनए अभियान्ता मानिन्छन । युरोपको समस्यालाई नजिकबाट बुझेका उनी त्यहाँ रहेका नेपालीहरुको अविभावकत्व निर्वाह गर्दै आएका छन्। संस्था निष्क्रिय रहेको बेला एउटा अब्बल एनआरएनए अभियन्ताको रूपमा भूमिका निर्वाह गरेका थिए।

को हुन् चिन्तामणी सापकोटा ?

सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका सापकोटाले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाएका छन उनी एनआरएनए स्पेनको संस्थापक सदस्य आईसिसि सदस्य हुँदै युरोप संयोजक भएका छन । उनि एनआरएनए स्पेनको तिन कार्यकाल सदस्य , २०१३/२०१५ कार्यसमिती सदस्य, २०१७/२०१९ अध्यक्ष , २०१९/२०२१ आईसिसि सदस्य र २०२१/२०२३ युरोप क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ।

युरोप क्षेत्रीय संयोजक हुँदा २ पटक सम्म युरोप क्षेत्रीय बैठक कार्यक्रम गरेर एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए।

सापकोटा २०१७/२०१९ मा केन्द्रिय बिधान समितिको सदस्य , नगरिकता सम्बन्धी टास्कफोर्स लगाएतका टास्कफोर्समा काम गरिसकेका अनुभबी एनआरएनए अभियन्ता मानिन्छन । उनि जनसम्पर्क समिति स्पेनको संस्थापक सभापति सहित दुई कार्यकाल सभापति समेत भईसकेका छन । सापकोटाले बिभिन्न पदमा रहेर काम गर्दा उनी युरोपवासी नेपाली मात्र नभइ सिंगो गैरआवासीय नेपालीको मन मस्तिष्कमा बस्न सफल भएका छन ।

संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन,गैरआवासिय नेपालीलाई नागरिकताको निरन्तरता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिश्चितता, लगायतका बुँदाहरु सापकोटाले चुनावी एजेण्डामा अघि सारेका छन ।