९ कार्तिक २०८१, शुक्रबार 1729872830
Banner

माओवादी केन्द्रले एमालेसँग सहकार्य गन नमानेपछि हामीले कांग्रेसलाई सहयोग गर्‍यौँ : हिक्मतकुमार कार्की

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताएका छन् ।

कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेसको संस्थापनपष तयार भएन हामीसँग सहकार्य गर्न, हामीलाई स्वीकार्न तयार भएन, माओवादी हामीलाई स्वीकार्न तयार भएन’ उनले भने, ‘जो आउँदा पनि हामी सहयोग गर्न तयार छौं भनेर खुला रुपमा नै भनेका थियौं । अन्तिम दिनमा केदार कार्कीजीले सहयोग माग्नुभयो, हामीले सहयोग गर्‍यौं ।’

उनले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताए । नेता कार्कीले गल्ती भएको भए सार्वजनिक ठाउँमा उभिएर माफी माग्न तयार भएको पनि बताए । आफूहरुको कदमले प्रदेशमा मध्यावधि निर्वाचन रोकिएको र प्रदेशमा अस्थिरता अन्त्य भएको दाबी गरे ।