९ कार्तिक २०८१, शुक्रबार 1729893859
समाचार

युरोप क्षेत्रको उपसंयोजकका उम्मेदबार रोबट लिम्बूको चर्चा बढदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकका उम्मेदवार रोबट लिम्बूको चर्चा बढदै गएको छ । समाजसेवी छबी बनाउनुभएका रोबर्ट यसअघि आईसीसी सदस्य हुनुहुन्थ्यो । पोर्चुगलमा रहेको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहनुभएका रोबट गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको उपसंयोजक पदमा उम्मेदवारी दिनुभएको छ ।

विगत एक दशकदेखि पोर्चुगलमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका लिम्बूले युरोपमा रहेका नेपाली समुदायको सुख, दुखमा साथ दिँदै आउनुभएको छ। “म आफैं पनि अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेको छु, यसकारण विश्वभरी छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्न चाहन्छु,” लिम्बू भन्नुहुन्छ, “अब नेतृत्वमा योग्यता, विज्ञतासहितको क्षमता भएको मान्छेहरूको आवश्यक छ।”

लिम्बूले यसअघि गैरआवासीय नेपाली संघको विभिन्न पदमा बसेर काम गरेको अनुभव छ। हाल एनआरएनए पोर्चुगलको सदस्य तथा सल्लाहकार संरक्षक समेत रहेका लिम्बू सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एन्ड प्रोसिड्युअर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उपसंयोजकको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। आफूले निर्वाचन जिते “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको उद्देश्यलाई सार्थकता दिनका लागि लागिपर्ने उहाँले बताउनुभयो ।

हाल गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकताले मात्र नेपालसँगको वंशजको साइनोलाई अविछिन्न राख्न नसक्ने लिम्बूको भनाई छ। आफूहरूको चाहना वंशजको नागरिकताको निरन्तरता भएको भन्दै उनले गैरआवासीय नेपालीका लागि जसरी नागरिकता ऐन बनेको छ, त्यो स्वागतयोग्य भए पनि धेरै कुरा सुधार्नुपर्ने बताउनुभयो । नेपाललाई विकासको मूल प्रवाहमा जोड्नका लागि सरकारले रेमिट्यान्सको अपेक्षा मात्रै नगरी विदेशमा रहेका लाखौं नेपालीहरूले सिकेका सीप, अध्ययन र अनुभवलाई समेत प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने लिम्बुको भनाइ छ ।

एनआरएनको निर्वाचन भोलि हुँदैछ ।