९ कार्तिक २०८१, शुक्रबार 1729844155
Banner

गृहजिल्ला पुर्‍याइयो, प्यालेस्टाइनी विद्रोही हमासको आक्रमणमा परी मृत्यु भएका युवाको शव

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मुत्यु भएका दुई युवाहरुको शव डोटी पु¥याइएको छ ।

आइतबार नेपाली सेनाको स्काई एम्वुलेन्समार्फत् डोटी शिखर नगरपालिकाकामा राजन फुलारा र आदर्श गाउँपालिका–५, पीडका पदम थापाको शव गृह जिल्ला पु¥याइएको हो ।

शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्का विमानस्थल पुगेका थिए ।

मृतकहरुका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याउन लगिएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार गरिने आफन्तहरुले जानकारी दिएका छन् ।

थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुने जनाइको छ ।