९ कार्तिक २०८१, शुक्रबार 1729843875
समाचार

 भिपिएन र ओपन डिएनएस प्रयोग गरेर टिकटक नचलाउन नेपाल प्रहरीको अनुरोध

काठमाडौ – भिपिएन र ओपन डिएनएस प्रयोग गरि टिकटक प्रयोग नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा असुरक्षा हुने भन्दै प्रहरीले भिपिएन र ओपन डिएनएसको प्रयोग गरि टिकटक नचालाउन आग्रह गरेको हो ।

भिपिएनको प्रयोग गर्दा बैंक खाताबाट पैसा चोरी हुने, अकाउन्ट ह्ययाक हुने र व्यक्तिगत गोपनियतामा पहुँच राख्ने लगायतका घटनाहरुको जोखिम बढदै गएको प्रहरीले भनेको छ ।