८ कार्तिक २०८१, बिहिबार 1729808051
Banner

युवासंघको कार्यक्रमस्थल तीनकुनेमा चहलपहल बढ्दै

काठमाडौं । नेकपा एमालेनिकट युवा संघको कार्यक्रमस्थल तीनकुनेमा नेता कार्यकर्ता जम्मा हुने क्रम बढेको छ ।

महेश बस्नेतलगायतका नेताहरू तीनकुने पुगिसकेका छन् । त्यसैगरी, युवा संघका नेता कार्यकर्ता पनि पार्टीको झन्डासहित कार्यक्रमस्थल पुगेका छन् ।

सडकमा सवारी निकै कम चलेका छन् ।सादा पोसाक लगाएका सुरक्षाकर्मीले पनि निगरानी बढाइरहेका छन् भने ठाउँठाउँमा प्रहरी र सशस्त्र प्रहरीले चेकिङ गरिरहेका छन् । यस्तै, यता, बल्खुमा दुर्गा प्रसाईँको कार्यक्रम पनि जारी रहेको छ ।