८ कार्तिक २०८१, बिहिबार 1729807979
Banner

प्रचण्ड राजावादी हुन सक्ने महेश बस्नेतको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् ।

बिहीबार तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए ।

उनले भने, ‘हिजो केपी ओलीलाई गणतन्त्रवादी होइनन् राजावादी हुन् भन्ने प्रचार गरिन्थ्यो । आज केपी कमरेड र उहाँको जनसंगठनहरुले गणतन्त्रमाथि प्रश्न उठेको बेलामा सबैभन्दा पहिला प्रश्न उठाउनेकाविरुद्ध अगाडि आएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । योमाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा सबैभन्दा पहिला एमाले हुन्छ । अब प्रचण्ड किन आउनुभएन ? शेरबहादुर देउवा किन बोल्नुभएन ?’