काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा आज एकदिन शोक मनाउने भएको छ ।
आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो ।
मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।