७ मंसिर २०८१, शुक्रबार 1732257714
Banner

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् ।

हिजोको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू बैठकबाट हिँडेका थिए ।बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन सरकारको कामकारवाहीप्रति असन्तुष्टी जनाएका छन् ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा बोल्ने अधिकांस नेताहरुले सरकारले राम्रो काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ठिक एक वर्ष पुगेको भोलिपल्टै बसेको बैठकमा मन्त्रीपरिषदका सदस्य फेरवदलसम्मको आवाज पनि उठेको छ । प्रधानमन्त्रीले नै मन्त्रीहरुको कामकारवाहीप्रति कटाक्ष गर्नुभएको प्रसंगमा पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीहरु फेरवदल गर्नुपर्ने अवस्थामा कांग्रेस वाधक बन्न नहुने धारणा अधिकांशको छ ।

बैठक राष्ट्रिय सभा सदस्य निर्वाचन महासमिति बैठक र पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको हो । मन्त्रीको काम कारवाहीबाट स्वयम् प्रधानमन्त्री नै असन्तुष्ट देखिएकाले उहाँले चाहेको खण्डमा मन्त्रीमण्डल फेरवदल गरेपनि त्यसमा कांग्रेस बाधक नहुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माको भनाइ छ ।