२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:11 pm
Banner

थानकोट–चित्लाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सूचना प्रेस २०८० पुस २८ शनिबार ००:००, १५:५५ बजे १ मिनेट पढाइ

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सडक खण्डअन्तर्गत सेतो पहरामा भएको दुर्घटनामा अरु २ जना घाइते भएका छन्।

नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

‘चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताईएको छ । यसबारे थप विस्तृत विवरण आउन बाँकी छ।