२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:52 pm
Uncategorized

राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

सूचना प्रेस २०७८ पुस २१ बुधबार ००:००, ०६:३१ बजे १ मिनेट पढाइ

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य तीन पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित गठबन्धन दलकातर्फ तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रियसभा पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख,उप(प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी एक सय ५६ गरी एक सय ९१ जनाले मतदान गर्ने छन् ।