२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:58 am
Banner

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सूचना प्रेस २०८० चैत्र ३० शुक्रबार ००:००, १०:३० बजे १ मिनेट पढाइ

काठमाडौं . धनुषामा टिपरसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किँदा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

टिपर र टिपर चालक चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।