२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:54 am
Banner

एमाले सचिवालय बैठक आज बस्दै

सूचना प्रेस २०८१ बैशाख २ आइतबार ००:००, ०६:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको उहाँले बताउनुभयो । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ । उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

बैठकमा नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने एमालेले जनाएको छ ।