४ आश्विन २०८१, शुक्रबार 1726856097
Banner

बाढीपहिरो अपडेट : पाँच जनाको मृत्यु

काठमाडौँ-अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथारका एकै परिवारका चारजना र दोर्दीमा एकजनाको मृत्यु भएको हो ।

क्व्होलासोँथार गाउँपालिका–३, बगुमस्थित पच्यु टोलमा पहिरोमा परेर रूद्रमान गुरूङ पञ्चकुमारी गुरूङ, ईच्छा गुरूङ र नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मध्यरातमा पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ बजेपछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका १६ बर्षिय विकल सुनार र उनका दाजु १८ वर्षिय विमल सुनार पहिरोमा परेर गम्भीर घाईते भएका थिए । उपचारको लागि लमजुङ अस्पताल ल्याउदै गर्दा विकलको मृत्यु भएको हो । विमलको भने अस्पतालमा उपचार भईरहेको छ ।

त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा एक जनाको मृत्यु भएको छ । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो ।