३ आश्विन २०८१, बिहिबार 1726785159
Banner

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त 

काठमाडौँ । नेपालको ४५ औ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधार २ बमोजिम ओलीलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उहाँको शपथ भने सोमाबार हुने भएको छ। सोमबार ११ बजेका लागि उहाँको शपथ तय भएको राष्ट्रपति कार्यालले जनाएको छ। उहाँको शपथसंगै मन्त्री मण्डल गठन हुने छ। पहिलो चरणमा कांग्रेस र एमालेका तर्फका मन्त्रीहरु नियुक्त हुने बताइएको छ। कांग्रेसले ९ र एमालेले आठ मन्त्रालय लिने सहमति भइसेको छ। अरु मन्त्रालय भने बाँकी साना दललाई दिने सहमति भएको छ।

संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। यसअघि शुक्रबार नै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभएको थियो । सो क्रममा उहाँको पक्षमा ६३ मत प¥यो भने विपक्षमा एक सय ९४ मत आएको थियो ।

राष्ट्रपति पौडेलेले पनि यस लगत्तै कुन धारा मार्फत प्रधानमन्त्रीमा दाबी पेस गर्न उपयुक्त हुने भन्दै विज्ञहरूसँग सघन छलफल गरेर संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

सोही आह्वान अनुसार एमाले अध्यक्ष समेत रहनुभएका ओली काँग्रेस सभापति शेरबहादुर देउवासहित प्रतिनिधिसभाको दुई तिहाई सांसदको समर्थन लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न जानुभएको थियो ।