५ आश्विन २०८१, शनिबार 1726952858
Banner

डोटीमा बस दुर्घटना, १६ जना घाइते

डोटी- डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।