४ आश्विन २०८१, शुक्रबार 1726863058
Banner

सरकारले आज १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले विकास ऋणपत्र २०८४ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ३ वर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो । विकास ऋणपत्रका लागि आज अपराह्न ३ बजेसम्म आवेदनको समय तोकिएको छ । भोलि, बिहीबार बोलकबोलमार्फत निष्कासन हुनेछ ।

 बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यसमा आवेदन दिन सक्नेछन् । कम्तीमा ५ लाखको ऋणपत्र खरिद गर्न सकिने कार्यालयले जनाएको छ । उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइने छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रको २०८४ भदौ २६ गते साँवा भुक्तानी हुनेछ । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।