४ आश्विन २०८१, शुक्रबार 1726846746
Banner

समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापनमा समस्या, बचतकर्ताको अर्बौँ गुम्यो

काठमाडौँ । समयमै समस्याग्रस्त घोषणा भएका बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापनमा सरकार चुक्दा सर्वसाधारण बचतकर्ताको अर्बौँ रुपैयाँ गुमेको छ । कुहिने नासिने प्रकृतिका वस्तुहरूको व्यापार तथा व्यवसाय गर्दै आएका त्यस्ता सहकारीको सम्पत्ति समयमा ‘टेकओभर’ हुन नसक्दा यस्तो अवस्था आएको हो ।

आर्थिक अपचलन र कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरीका कारण यस्तो अवस्था देखिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको निष्कर्ष छ ।समस्याग्रस्त घोषणा भएको करिब ६ महिनापछि मात्र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले श्री लालीगुराँस सहकारीको सञ्चालनमा रहेको चितवनस्थित गाई फार्मको अनुगमनका लागि टोली पठाएको छ ।

शनिबार सदस्य सचिव केशव पौडेलको नेतृत्वमा चितवनको खैरहनीमा रहेको उक्त फार्मबारे अनुगमन गर्न टोली गएको समितिका अध्यक्ष श्रीमनकुमार गौतमले जानकारी दिए ।बचतकर्ताहरुको बचत फिर्ता गर्न असफल भएको र सहकारीको प्रचलित कानुन विपरीत सहकारी सञ्चालक र उच्च कर्मचारीले बचत रकम दुरुपयोग गरेको पाइएपछि सरकारले फागुन अन्तिम साता उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।