८ आश्विन २०८१, मंगलबार 1727208564
Banner

सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईंसँग २ घण्टा बयान

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ । झन्डै २ घण्टा लामो समयसम्म सरकारी वकिल कार्यलय काठमाडौँमा प्रसाईंसँग बयान लिइएको हो । प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । 

उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउको भोलिपल्ट उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो । अस्पतालले प्रसाईँलाई मंगलबार डिस्चार्ज गरेसँगै बयानका लागि सरकारी वकिलमा लगिएको साइबर ब्यूरोका एक अधिकृतले बताए ।