९ आश्विन २०८१, बुधबार 1727280845
समाचार

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा हवाई सेवा प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन् । बुधबार बिहानलाई तय भएका केही उडान मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज बिहानका लागि तय भएको नेपाल एयरलाइन्सको इलाम उडान मौसमकै कारण डिले भएको छ । यसैगरी पोखराका चारवटा उडान पनि प्रतिकूल मौसमकै कारण हुन सकेका छैनन् ।

उडान प्रभावित भएपछि सयौँ यात्रु विमानस्थलमै रोकिएका छन् ।  आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानहरू भने नियमित भइरहेको कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका केही ठाउँमा बिहान पानी परेको थियो । अहिले काठमाडौं माथिको आकाशमा बादल लागेको छ भने केही ठाउँमा छिटपुट वर्षा भइरहेको छ ।