१ कार्तिक २०८१, बिहिबार 1729184881
Banner

भोलि फेरि ठूलो पानी पर्ने

काठमाडौ । कोशी प्रदेशका केही स्थान र बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बुधबार भने कोशी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि राति पनि कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

यसअघि गत बिहीबार रातिदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित कोशी प्रदेशमा व्यापक जनधनको क्षति गरेको छ । अविरल वर्षापछिको बाढीपहिरोमा २०० बढीले ज्यान गुमाएका छन् ।