३ पुस २०८१, बुधबार 1734535657
मनोरञ्जन

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौँ । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो । पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा पु¥याउदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवबारे जानकारी दिँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पु¥याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाईमा पुग्ने बताए । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए । अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा सयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने उनले जानकारी दिए । महोत्सवको बजेट ७ करोड अनुमान गरिएको छ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।