४ आश्विन २०८१, शुक्रबार 1726837333
पालिका

कामनपा ५ का मतदाताले भने, बर्षाको समयमा हुने डुबानको समस्या समाधान होस

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ५ का उम्मेदवारले घरदैलो अभियानलाई आजपनि तिब्रता दिएका छन् ।

वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापतिका अनुसार घरदैलो अभियानमा मतदाताले रुद्रमति मार्गमा वर्षाको समय डुबान पर्ने हुँदा त्यसको समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका थिए । उहाँले भन्नुभयो, मतदाताका धेरै अपेक्षा, ढलको व्यवस्थापन, सार्वजनिक जग्गामा पार्क निमार्णको कार्य सम्पन्न गरिनुपर्ने उनिहरुको माग छ । घरदैलो अभियान अन्र्तगत आज चाँगुनारायणहुँदै मालिगाउँ, रुद्रमती मार्ग परिक्रमा गरिएको थियो ।

घरदैलो अभियानमा अभियानमा प्रदेश सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य नारायण सिलवाल, नेतृ रत्न गुरुग, वडा सदस्यका उम्मेदवार, हरि वहादुर महर्जन, आरती सुनार, पञ्चमाया मूनिकार, शसी थापा, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।